भागवत गीता अध्याय ७ ज्ञान विज्ञान योग — परमात्माको स्वरूप र प्रकृति-पुरुषको ज्ञानको चित्रण (Bhagavad Gita Chapter 7 Jnana Vijnana Yoga in Nepali)
अध्याय ७ — ज्ञान विज्ञान योग: परमात्माको सर्वव्यापी स्वरूप, माया र दिव्य प्रकृति तथा भक्तिद्वारा उनलाई जान्ने ज्ञान। — अध्याय ७ ज्ञान विज्ञान योगको चित्रण — ईश्वरको परम स्वरूप, अपरा र परा प्रकृति तथा शरणागतिको ज्ञान र विज्ञान।

अध्याय 7, श्लोक 7

भगवद्गीता अध्याय 7, श्लोक 7

संस्कृत श्लोक

मत्तः परतरं नान्यत्किञ्चिदस्ति धनञ्जय | मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव ||7.7||

नेपाली अर्थ

हे धनञ्जय! मभन्दा पर (श्रेष्ठ) अर्को कुनै वस्तु छैन। धागोमा उनीएका मणिको माला जस्तै यो सम्पूर्ण जगत ममा उनिएको छ (व्याप्त छ)।

English meaning

O conqueror of wealth, there is no truth superior to Me. Everything rests upon Me, as pearls are strung on a thread.

जीवनमा प्रयोग

संसारको आधार र अस्तित्वको मूल कारण ईश्वर नै हुन्।

अध्याय 7 का सबै श्लोक पढ्नुहोस्