भागवत गीता अध्याय ११ विश्वरूप दर्शन योग — श्रीकृष्णको विराट विश्वरूपको भव्य दर्शनको चित्रण (Bhagavad Gita Chapter 11 Vishvarupa Darshana Yoga in Nepali)
अध्याय ११ — विश्वरूप दर्शन योग: अर्जुनले श्रीकृष्णको विराट विश्वरूप देख्छन् — अनन्त काल, लोक र दिव्य तेज। — अध्याय ११ विश्वरूप दर्शन योगको चित्रण — अर्जुनलाई दिइएको दिव्य दृष्टि, श्रीकृष्णको विराट स्वरूप र समयको महिमा।

अध्याय 11, श्लोक 7

भगवद्गीता अध्याय 11, श्लोक 7

संस्कृत श्लोक

इहैकस्थं जगत्कृत्स्तं पश्याद्य सचराचरम् | मम देहे गुडाकेश यच्चान्यद्द्रष्टुमिच्छसि || 11.7||

नेपाली अर्थ

हे गुडाकेश! आज मेरो यस शरीरमा एकै ठाउँ स्थित चराचर (चल्ने र नचल्ने) सहितको सम्पूर्ण ब्रह्माण्डलाई हेर र अरु जे देख्न चाहन्छौ, त्यो पनि हेर।

English meaning

O Arjuna, whatever you wish to see, behold at once in this body of Mine! This universal form can show you whatever you now desire to see and whatever you may want to see in the future. Everything—moving and nonmoving—is here completely, in one place.

जीवनमा प्रयोग

ईश्वरको एउटै सत्तामा सारा सृष्टिको अस्तित्व आधारित छ।

अध्याय 11 का सबै श्लोक पढ्नुहोस्