भागवत गीता अध्याय १८ मोक्ष सन्यास योग — शरणागति र मोक्षको चरम संदेशको चित्रण (Bhagavad Gita Chapter 18 Moksha Sannyasa Yoga in Nepali)
अध्याय १८ — मोक्ष सन्यास योग: गीताको निष्कर्ष — स्वधर्म पालन, सर्वधर्म समर्पण र मोक्षको मार्ग। — अध्याय १८ मोक्ष सन्यास योगको चित्रण — कर्म, ज्ञान, ध्यानको सार, गुण र कर्तव्यको विभाजन तथा श्रीकृष्णको अन्तिम उपदेश।

अध्याय 18, श्लोक 25

भगवद्गीता अध्याय 18, श्लोक 25

संस्कृत श्लोक

अनुबन्धं क्षयं हिंसामनपेक्ष्य च पौरुषम् | मोहादारभ्यते कर्म यत्तत्तामसमुच्यते || 25||

नेपाली अर्थ

भविष्यको परिणाम, हुने हानी, हिंसा र आफ्नो सामर्थ्यलाई विचार नगरी केवल मोहवश सुरु गरिने कर्मलाई तामसिक कर्म भनिन्छ।

English meaning

That action performed in illusion, in disregard of scriptural injunctions, and without concern for future bondage or for violence or distress caused to others is said to be in the mode of ignorance.

जीवनमा प्रयोग

परिणामको विचार नगरी हचुवाको भरमा गरिने कामले विनाश मात्र निम्त्याउँछ।

अध्याय 18 का सबै श्लोक पढ्नुहोस्