भागवत गीता अध्याय २ सांख्य योग — आत्माको अमरता र ज्ञानको प्रकाश देखाउँदै श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशको चित्रण (Bhagavad Gita Chapter 2 Sankhya Yoga in Nepali)
अध्याय २ — सांख्य योग: आत्मा अमर छ, शरीर नश्वर। ज्ञान, कर्तव्य र स्थितप्रज्ञताको मूल सिद्धान्त यहाँ प्रकट हुन्छ। — अध्याय २ सांख्य योगको चित्रण — आत्माको अमरता, निष्काम कर्म र सुखदुःखमा समत्वको सारभूत ज्ञान। गीताको सबैभन्दा महत्वपूर्ण अध्याय।

अध्याय 2, श्लोक 51

भगवद्गीता अध्याय 2, श्लोक 51

संस्कृत श्लोक

कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिणः | जन्मबन्धविनिर्मुक्ताः पदं गच्छन्त्यनामयम् ||51||

नेपाली अर्थ

किनकि बुद्धियुक्त ज्ञानीहरूले कर्मबाट उत्पन्न हुने फललाई त्यागेर, जन्मको बन्धनबाट मुक्त भइ परमधाम (निर्वाण) प्राप्त गर्दछन्।

English meaning

The wise, engaged in devotional service, take refuge in the Lord, and free themselves from the cycle of birth and death by renouncing the fruits of action in the material world. In this way they can attain that state beyond all miseries.

जीवनमा प्रयोग

निष्काम कर्मले नै मानिसलाई संसारका दुःख र पुनर्जन्मको चक्करबाट मुक्त तुल्याउँछ।

अध्याय 2 का सबै श्लोक पढ्नुहोस्