भागवत गीता अध्याय ३ कर्म योग — निष्काम कर्म र कर्तव्यपालनको मार्ग देखाउँदै श्रीकृष्ण र अर्जुनको चित्रण (Bhagavad Gita Chapter 3 Karma Yoga in Nepali)
अध्याय ३ — कर्म योग: फलको आसक्ति त्यागेर आफ्नो कर्तव्य कर्म गर्नु नै मोक्षको मार्ग हो। — अध्याय ३ कर्म योगको चित्रण — निष्काम कर्म, स्वधर्म पालन र फलत्यागको सिद्धान्त, जसले जीवनमा सफलता र मानसिक शान्ति दुवै दिन्छ।

अध्याय 3, श्लोक 13

भगवद्गीता अध्याय 3, श्लोक 13

संस्कृत श्लोक

यज्ञशिष्टाशिनः सन्तो मुच्यन्ते सर्वकिल्बिषैः | भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात् ||13||

नेपाली अर्थ

यज्ञ (ईश्वरार्पण) गरेर बचेको अन्न खाने श्रेष्ठ मानिसहरू सबै पापहरुबाट मुक्त हुन्छन्। तर जो आफ्नो लागि मात्र पकाएर खान्छन्, ती पापीहरूले पाप नै खाइरहेका छन्।

English meaning

The devotees of the Lord are released from all kinds of sins because they eat food which is offered first for sacrifice. Others, who prepare food for personal sense enjoyment, verily eat only sin.

जीवनमा प्रयोग

आफ्नो लागि मात्र सोच्नु स्वार्थीपन हो भने अरूलाई बाँडेर खानु नै दैवी गुण हो।

अध्याय 3 का सबै श्लोक पढ्नुहोस्