भागवत गीता अध्याय ३ कर्म योग — निष्काम कर्म र कर्तव्यपालनको मार्ग देखाउँदै श्रीकृष्ण र अर्जुनको चित्रण (Bhagavad Gita Chapter 3 Karma Yoga in Nepali)
अध्याय ३ — कर्म योग: फलको आसक्ति त्यागेर आफ्नो कर्तव्य कर्म गर्नु नै मोक्षको मार्ग हो। — अध्याय ३ कर्म योगको चित्रण — निष्काम कर्म, स्वधर्म पालन र फलत्यागको सिद्धान्त, जसले जीवनमा सफलता र मानसिक शान्ति दुवै दिन्छ।

अध्याय 3, श्लोक 8

भगवद्गीता अध्याय 3, श्लोक 8

संस्कृत श्लोक

नियतं कुरु कर्म त्वं कर्म ज्यायो ह्यकर्मणः | शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मणः ||8||

नेपाली अर्थ

तँ शास्त्रविहित कर्तव्य कर्म गर, किनकी कर्म नगर्नुभन्दा कर्म गर्नु श्रेष्ठ हो। कर्म नगरीकन त तेरो शरीर निर्वाह (जीवन यात्रा) पनि सिद्ध हुँदैन।

English meaning

Perform your prescribed duty, for doing so is better than not working. One cannot even maintain one's physical body without work.

जीवनमा प्रयोग

आलस्य त्यागेर आफ्नो कर्तव्य पूरा गर्नु नै जीवन जिउने सही तरिका हो।

अध्याय 3 का सबै श्लोक पढ्नुहोस्